क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने म्यान्चेस्टर युनाइटेडको तयारी

समाचार

काठमाडौं। इंलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने प्रक्रिया सुरु गरेको छ ।

बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा क्लबबारे निकै विवादास्पद बयान दिएपछि रोनाल्डोलाई क्लबलबाट निकाल्ने प्रक्रिया सुरु गरिएको हो । बेलायती अखबार डेली मेलका अनुसार क्लबले उनको सम्झौता रद्द गर्ने विषयमा कानून व्यवसायीहरुसँग छलफल गरेको छ ।

उक्त अखबारका अनुसार रोनाल्डोलाई निकाल्ने विषयमा क्लबले प्रारम्भीक प्रक्रिया अघि बढाइसकेको छ । सम्झौताअनुसार रोनाल्डोले क्लबबाट हरेक साता ५ लाख पाउण्ड पाउँदै आएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0