साफ महिला यू-२०: थप ११ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

समाचार

काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसीपका लागि बन्द प्रशिक्षणमा रहेका थप ११ खेलाडी बाहिरिएका छन् । बन्द प्रशिक्षणमा रहेका ४१ खेलबाट ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले जनाए अनुसार टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा ३० खेलाडीलाई राखेका हुन् ।

साफ च्याम्पियनसीप बंगलादेशको राजधानी ढाकामा फेब्रुअरी ३-९ तारिखसम्म आयोजना हुँदैछ । ​च्याम्पियनसीपमा आयोजक बंगलादेशसँग नेपाल, भारत र भुटानको सहभागिता रहनेछ ।

च्याम्पियनसीपअन्तर्गत नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्ने छ । नेपालले दोस्रो खेल फेब्रुअरी ५ मा भुटान र तथा तेस्रो खेल फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ । राउण्ड रोबिन आधारमा हुने च्याम्पियनसीपको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

छनोट भएका खेलाडीः-

गोलरक्षक: कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा, सुजाता तामाङ
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, गंगा रोकाया
मिडफिल्डरः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, हिमा रावत, दिपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलान

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0