क्रिकेट खेलाडीलाई शनिबार दशरथ रंगशालामा सम्मान गरिने

क्रिकेट

काठमाडौं । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिने भएको छ । शनिबर बेलुका ५ः ३० मा ए डिभिजन लिग अन्तरगत सशस्त्र प्रहरी र मनाङ मस्याङ्दीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिने भएको एमडीएसी स्पोर्टसका कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।

नेपाल आइसिसी एकदिवसीय विश्वकप छनौट चरणमा नेपाल प्रवेश गरेको अवसरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिने भएको उनको भनाइ छ । सम्पूर्ण राष्ट्रिय क्रिकेट खेलाडीहरु उपस्थित हुने भोलिको खेलमा टिकटबाट प्राप्त हुने सम्पुर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिने उनले बताए ।

सो खेलमा उपस्थित भएर क्रिकेट र फुटबललाई एकसाथ सम्मान र हौसला प्रदान गर्न उनले सबैमा अनुरोध गरेका छन् । उनका अनुसार रंगशालाको सामान्य प्याराफिटतर्फको रु १०० र भीआईपी प्याराफिटतर्फको रु ३०० को टिकट शहीद स्मारक लिगको आधिकारिक टिकेटिङ पार्टनर इसेवामार्फत खरिद गर्न सकिन्छ । साथै, गेटमा आएर पनि टिकट खरिद गर्न सकिने उनले बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0