नेपाली कप्तान किरण चेम्जोङले भने : ‘इराकको चुनौति सामना गर्न तयार छौ’

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले २० बर्षपछि शनिबार स्थानीय समयअनुसार राति साढे ७ बजे इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल बसरा अन्तराष्ट्रिय मैदानमा हुनेछ ।

खेल हुनु भन्दा एक दिन अगाडी नेपाली रटिम कप्तान तथा गोलकिपर किरण चेम्जोङले इराक विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली तयार रहेको बताएका छन् । बिहीबार साँझ इराकी मिडियासँग कुरा गर्दै यो मैत्रिपुर्ण खेल नेपालका लागि ठूलो चुनौति रहे पनि आफुहरु तयार भएको बताएका हुन् ।

किरणले बलियो इराकसँग खेल्न पाउनु नेपालको लागि ठुलो अवसर रहेको बताउदै यस अवसरलाई उपलब्धीमा बदल्न कोसिस गर्ने बताए । इराकसँगको मैत्रीपूर्ण खेलको लागि नेपाली टिमले हिजो रात्रीकालिन अभ्यास गरेको थियो। २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली बुधबार नै इराकको बस्रा पुगेको थियो ।

नेपाली टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की ।
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास ।
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान ।
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
20
+1
3
+1
4
+1
5
+1
3
+1
2