युभेन्टसले मुख्य प्रशिक्षकबाट आन्द्रे पिर्लोलाई हटायो

फुटबल

काठमाडौँ: इटालियन क्लब युभेन्टसले प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ । युभेन्टसले शुक्रबार एक सूचना जारी गर्दै मुख्य प्रशिक्षकमा पिर्लोलाई एक वर्षपछि नै बर्खास्त गरेको हो। गत सिजन युभेन्ट्सले अप्रत्यासिक रुपमा माउरिजो सारीलाई बर्खास्त गरेर पिर्लोलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

युभेन्टसलाई यो सिजन लिग उपाधि दिलाउन नसके पनि पिर्लोले आफ्नो करिब एक बर्षे कार्यकालमा इटालियन सुपरकप र इटालियन कोपा जिताएको भन्दै पिर्लोले क्लबलाई गरेको सेवा प्रति धन्यवाद दिएको छ ।

पिर्लोले गत सिजन २ वर्षका लागि युभेन्टससँग सम्झौता गरेका थिए। तर ४२ वर्षे पिर्लोले एक वर्षको समय बाँकी हुँदै क्लब छाडेका छन्। यो सिजन चौथो स्थानमा रहँदै लिग अन्त्य गरेको युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाट अघि बढ्न सकेन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *