पहिलो खेलमै हार्‍यो कोलकाता नाइट राइडर्स

क्रिकेट

काठमाडौं, असोज ८ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । यो सिजनको उद्घाटन खेलमा चेन्नई सुपर किंग्ससँग हारेको मुम्बईले बुधबार राति भएको आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले हरायो ।

आबुधाबी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ८० रन तथा सूर्यकुमार यादवले ४७ रन बनाए ।

कोलकताका शिवम माभीले २ विकेट लिए । जवाफमा १९६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमात्र बनाउन सक्यो । आईपीएल क्रिकेटमा बिहीबार राति किंग्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0