काठमाडौं, २६ जेठ । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौट अन्तर्गत बुधबार विहान भएको खेलमा ब्राजिलले छैंटौं जीत हासिल गरेको छ । आज सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई २-० ले पराजित गरेको हो ।
खेलको पहिलो ५ मिनेटमै ब्राजिलका स्टार खेलाडी नेयमारले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। इनजुरी टाइमको तेस्रो मिनेटमा नेमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।
लगातार छैटौं जीतसहित ब्राजिल ६ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा यथावत् छ । पराजित पाराग्वेको ७ अंक छ र छैटौं स्थानमा छ । आजै सम्पन्न अर्को खेलमा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकिएको थियो। त्यस्तै पाराग्वे ७ अंक सहित ७ औं स्थानमा छ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1
1