काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले एक दिवसीय खेलबापत जनही १० हजार ‘म्याच फी’ पाउने भएका छन्। क्यानले मगंलबार आर्थिक कार्यविधि र नियमावली २०७७ पारित गर्दै सो निर्णय गरेको हो।
नयाँ कार्यविधिअनुसार अब पुरुष खेलाडीले प्रतिएकदिवसीय खेलबापत १० हजार र टी–ट्वान्टीबापत पाँच हजार रुपैयाँ पाउने पाउने छन् । यस्तै महिला खेलाडीले एक दिवसीयमा ५ हजार र टी–ट्वान्टीबापत जनही तीन हजार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छन ।
एक दिवसीय घरेलु प्रतियोगितामा पुरुष खेलाडीले दैनिक भत्ता २ हजार ५ सय र महिला खेलाडीले २ हजार प्राप्त गर्ने छन्। टि-२० घरेलु प्रतियोगितामा पुरुष टोलीले दैनिक भत्ता २ हजार र महिला खेलाडीले १ हजार पाँच सय प्राप्त गर्ने छन्।
क्यानको नयाँ कार्यविधिमा प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्चबापत तीन लाख र एक लाख रुपैयाँ दिइने उल्लेख छ ।