श्रीलंका भ्रमणको लागि भारतिय टिमको घोषणा, धवन बने कप्तान

क्रिकेट

काठमाडौं । नियमित कप्तान बिराट कोहलीको अनुपस्थितिमा शेखर धवनलाई कप्तान बनाउँदै श्रीलंका जाने भारतिय टिमको घोषणा गरिएको छ । बिराट कोहली सहितका मुख्य भारतिय टिम यतिबेला न्युजिल्याण्ड र इङ्ल्याण्डसँग टेस्ट शिरिज खेल्न इङ्ल्याण्डमा रहेको छ ।

त्यसैले पनि श्रीलंका जाने भारतिय टिमको जिम्मेवारी धवनले पाएका हुन् । टोलीमा युवा खेलाडीहरु बाहुल्यता रहेको छ । भारतले श्रीलंकासँग १३ जुलाईदेखि तिन वनडे र तीन टि-२० खेलको सिरिज खेल्नेछ ।

भारतको टिम : शिखर धवन (कप्तान), सूर्यकुमार यादव, पृथ्वी शा, देवदत्त पाडिक्कल,मनीष पाण्डे, ऋतुराज गायकवाड़, हार्दिक पांड्या,युजवेन्द्र चहल, नीतीश राणा, इशान किशन, चेतन सकारिया ,सञ्जु सामसन, राहुल चाहर, कृष्णप्पा गौतम, , कुलदीप यादव, वरुण चक्रवर्ती, भुवनेश्वर कुमार, नवदीप सैनी, दीपक चाहर र क्रुणाल पांड्या ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0