काठमाडौं : फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । खेल कुवेत सिटीस्थित जावेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि लगभग सकिएको अवस्था छ। नेपाललाई पराजित गरे अस्ट्रेलियाको एसियन कपमा स्थान तथा विश्वकप छनोटको अर्को चरणमा स्थान पक्का हुनेछ ।
हेड टु हेड
नेपाल र अष्ट्रेलियाबीच अहिलेसम्म एक मात्र खेल भएको छ।सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।
अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार ब्यहोरेको थियो। क्यानबेरास्थित जीआइओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५–० ले पराजित भएको थियो। उक्त खेलमा अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए। यस्तै, ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो।
यस्तो छ २३ सदस्यीय नेपाली टोली : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।