आज राति स्वदेश फर्कदै नेपाली फुटबल टिम

फुटबल

काठमाडौं । कतारमा हुने फिफा बिश्वकप २०२२ तथा एसियन कपको संयुक्त छनोट खेलेर नेपाली फुटबल टिम आज स्वदेश फर्कदैछ । दुई हप्ता अगाडि इराक हुदै नेपाली टिम छनोट प्रतियोगिता खेल्न कुबेत पुगेको थियो । टोलि आज राति ८ः ३० बजे काठमाण्डौ अवतरण गर्नेछ ।

विश्वकप र एसियन कप छनोटको तीनवटा खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै नेपाली टोली काठमाडौं आइपुग्नेछन् ।

प्रतियोगितामा नेपालले ३ खेल खेल्दै एकमा जित र दुई खेलमा हार बेहोरेको थियो ।पहिलो खेलमा नेपालले चाईनिज ताईपेलाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा जोर्डन र तेस्रो खेलमा अष्ट्रेलियासँग भने नेपाल पराजित ३-० गोल अन्तरले पराजित भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0