काठमाडौं, ३ असार । न्युजिल्यान्डविरुद्ध हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने भारतीय क्रिकेट टोलीले प्लेइङ-११ को घोषणा गरेको छ । इंग्लयान्डको साउथह्याम्पटनमा न्युजिल्यान्ड विरुद्ध भोली शुक्रबार सुरुहुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि भारतले विराट कोहलीको कप्तानीमा ११ खेलाडीको घोषणा गरेको हो ।
भारतका लागि ओपनरद्वय रोहित शर्मा र शुबमन् गील हुनेछन् भने मिडल अर्डर चेतेश्वर पुजारा, कप्तान विराट कोहली र अजिंक्या रहानेले सम्हाल्नेछन्। त्यसैगरी विकेटकिपिङको जिम्मेवारी रिसभ पन्तले सम्हाल्नेछन् । स्पिन बलिङ अलराउन्डरका रुपमा रविन्द्र जडेजा र रविचन्द्रन आश्विन छन् भने जसप्रीत बुमराह, इशान्त शर्मा र मोहम्मद शामी तीव्र गतिका बलरका रुपमा छन् ।
भारतको प्लेइङ-११ : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, रवींद्र जडेजा, रिषभ पंत, आर अश्विन, मोहम्मद शमी, इशांत शर्मा र जसप्रीत बुमराह.