आजको पहिलो खेलमा इङ्ल्याण्ड र चेक रिपब्लिक भिड्ने, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार ७ : युरोकप २०२० अन्तर्गत आज समूह डी अन्तर्गतका दुई खेल हुँदैछन् । लन्डनमा चेक गणतन्त्र र घरेलु टिम इंग्ल्यान्ड तथा ग्लाजगोमा घरेलु टिम स्कटल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल राति १२:४५ बजे हुनेछ।

वेम्बली स्टेडियममा हुने खेलमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ। यसअघि २ खेलबाट ४ अंक जोडेको इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा छ। आज यी दुबै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्म हुने अपेक्षा गरिएको छ।

इङ्ल्याण्ड र चेक रिपब्लिकले यसअघिका दुई खेलमा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । इङ्ल्याण्डले क्रोएसियालाई १–० ले पराजित गरेको थियो भने स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । चेक रिपब्लिकले पहिलो खेलमा स्कटल्याण्डलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा क्रोएसियासँग बराबरी खेलेको थियो ।

यी दुईबीचको हालसम्म भएका चार खेलमा इंग्ल्याण्डले दुई खेल जित्दा चेक रिपब्लिकले १ खेल जितेको छ भने अर्को एक खेल बराबरीमा सकिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0