कोपा अमेरिकामा भोली बिहान ब्राजिल र इक्वेडर आमनेसामने, कस्ले जित्ला त खेल ?

कोपा अमेरिका फुटबल

काठमाडौं : कोपा अमेरिका अन्तर्गत सोमवार बिहान पौने तीनबजे स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा ब्राजिल र इक्वेडर आमनेसामने हुनेछन्।

यसअघिका तीनै खेलमा जित निकाल्दै ब्राजिल समूह ‘बी’ बाट अन्तिम आठमा पुगिसकेको छ। इक्वेइडरलाई भने अन्तिम आठमा स्थान बनाउन जितको खाँचो छ। समूहमा ब्राजिल ९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलम्बिया र तेस्रो स्थानको पेरुको समान ४-४ अंक छ।

त्यस्तै भोलि बिहान नै हुने खेलमा भेनेजुएला र पेरु आमनेसामने हुनेछन्। तीन खेलमा समान १ जित, १ हार र १ बराबरी ब्यहोरेको पेरु ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ। त्यस्तै तीन खेलमध्ये २ वटामा बराबरी र एउटामा हार ब्यहोरेको भेनेजुएला समूहको पुछारमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0