बार्सिलोनासँग सम्झौता सकिएसँगै मेसिलाई आफ्नो टिममा ल्याउन क्लबहरुको दौडधूप

फुटबल

काठमाडौं : अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता बुधबार राति (जुन ३१ )बाट समाप्त भएको छ । अब उनी फ्री ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने अनुमान गरिएको छ ।

बार्सिलोनाले मेसीसँग सम्झौता नवीकरण गर्ने प्रयास गर्ने पनि अन्तिम दिनसम्म सफल हुन सकेन। विश्व फुटबलकै चर्चित र उत्कृष्ट खेलाडी मेसी पहिलो पटक ट्रान्सफरका लागि उपलब्ध भएका हुन् । उनले युवा अवस्थादेखि नै बार्सिलोनाको एकेडेमी रहेर फुटबल खेलेका थिए ।

मेस्सीलाई म्यानचेस्टर सिटी, पिएसजीले जस्तोसुकै मूल्य खर्च गर्न तयार रहँदा बार्सिलोना भने उनको सम्झौता रिन्यू गर्नसमेत असफल भइरहेको छ । मेसी बार्सिलोनामै रहन सक्ने भएपनि अब विश्वका धनाढ्य क्लबहरुले उनलाई फ्री ट्रान्सफरमा लिनका लागि प्रयास गर्न सक्नेछन् ।

मेसीका लागि ठूलो खर्च गर्नुपर्ने भएकाले चाहेर पनि सबै क्लबले मेसीलाई भित्र्याउन सक्दैनन् । विगतमा पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी र इन्टर मिलानले मेसीलाई भित्र्याउने विषयमा चासो दिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
9
+1
1
+1
5
+1
1
+1
0
+1
3