नेपाली समय अनुसार हेर्नुस युरोकप सेमिफाइनलको खेल तालिका

फुटबल युरो कप

काठमाडौं, असार २० : अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डले युक्रेनलाई पराजित गरेसँगै युरोकप २०२० को सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने चारै टोली निश्चित भएका छन् । इंग्ल्याण्ड र डेनमार्कअघि स्पेन र इटालीले पनि प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् ।

स्पेन स्विजरल्याण्ड्सलाई टाइब्रेकरमा पराजित गर्दै र इटाली बेल्जियमलाई निर्धारित समयमै पराजित गर्दै उपाधितर्फ अघि बढेका हुन् । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्नुअघि पहिलो सेमिफाइनल खेलमा मंगलबार इटाली र स्पेन भिड्ने छन् ।

स्पेन विरुद्ध इटाली

स्पेनले स्विट्जरल्यान्ड तथा इटालीले उपाधि दाबेदार मानिएको बेल्जियमको चुनौती पार गर्दै सेमिफाइनलमा एक अर्काको भेट पक्का गरे । यी दुईबीचको खेल मंगलबार राति पौने १ मा इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

इङ्ग्ल्यान्ड विरुद्ध डेनर्माक

इङ्ग्ल्यान्डले युक्रेन तथा डेनमार्क चेक गणतन्त्रलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । यी दुईबीचको खेल बुधबार राति पौने १ बजे इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
4
+1
1
+1
7
+1
3