मँहगो रकममा पिएसजीमा अनुबन्ध भए इटालियन गोलरक्षक डोनारुम्मा

फुटबल

काठमाडौं, असार ३० : इटालियन गोलरक्षक जियानलुइजी डोनारुम्मालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले अनुबन्ध गरेको छ । फ्री ट्रान्सफरमा उपलब्ध भएका युरो २०२० को उत्कृष्ट खेलाडी डोनारुम्माले पाँच वर्षको अनुबन्धन गरेका हुन् ।

सम्झौता अनुसार उनले वार्षिक १० मिलियन पाउन्ड र थप बोनस प्राप्त गर्नेछन् । इटालीयन क्लब एसी मिलानबाट ५ वर्ष खेलेपछि उनको सम्झौता जुन ३० बाट सकिएको थियो । त्यसपछि उनले सम्झौता नवीकरण गरेनन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा अनुवन्धपछि डोनारुम्मा भने, ‘पिएसजीजस्तो उत्कृष्ट टोलीको सदस्य बन्न पाउँदा निकै खुसी लागेको छ । म नयाँ चुनौतीलाई स्वीकार गदै आफ्नो प्रदर्शनलाई अझै सुधार गर्नेछु’ ‘म पिएसजीका लागि जित्न चाहन्छु र समर्थकलाई खुसी बनाउने प्रयास गर्नेछु ।’

२२ वर्षीय डोनारुम्माले युरो २०२० को फाइनलमा इंग्ल्याण्डविरुद्ध दुई पेनाल्टी रोकेका थिए । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पनि घोषित भए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0