काठमाडौं। एभरेस्ट प्रिमियर लिग (इपिएल) नेपालको तिब्र गतिका बलर सोमपाल कामीले चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन्। चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपाललाई इपिएलको चौँथो संस्करणका लागि कप्तानको जिम्मेवारी सुम्पिएको जनाकारी गराएको हो ।
सोमपालले चितवन टाइगर्सको नेतृत्व गर्न दिएकोमा टिम व्यवस्थापनलाई धन्यवाद दिएका छन् । ‘म कप्तानी गर्न एकदमै उत्साहित छु । म यस भूमिकामा मज्जा लिंदै त्यसमा आउने चुनौतीको सामना गर्नेछु’, सोमपालले कप्तानमा नियुक्त भएपछि भने ।
सोमपालले अघिल्लो संस्करणमा काठमाडौं किंग्सको कप्तानी गरेका थिए। बलिङ अलराउन्डर सोमपाल चितवन टाइगर्सको मार्की प्लेयर पनि हुन्। चितवनमा अघिल्लो संस्करण पृथु बाँस्कोटाले कप्तानी सम्हालेका थिए। इपीएल २५ सेप्टेम्बरबाट ९ अक्टोबरसम्म हुनेछ।
प्रतियोगिताको चौंथो संस्करण असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । अघिल्लो वर्षको चैतमा हुने तय भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो ।