आईपीएलका बाँकी खेलहरु १९ सेप्टेम्बरबाट युएईमा सुरु हुने (खेल तालका सहित )

क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) का बाँकी खेल १९ सेप्टेम्बरबाट युएईमा हुने तय भएको छ । बीसीसीआईले आइतबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु १९ सेप्टेम्बर हुने जनाएको हो ।

बीसीसीआईका अनुसार पहिलो खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच हुनेछ। यो खेल अबुधाबीमा हुनेछ। यस्तै, २७ सेप्टेम्बरमा शारजाहमा रोरोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ।

कोरोना महामारीका कारण बीचमा नै रोकिएको प्रतियोगिताका बाँकी खेलहरु यूएईमा हुन लागेका हुन् । प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0