पारस खड्कालाई जिन्दगीको दोश्रो इनिङको लागि प्रधानमन्त्रीको शुभकामना

क्रिकेट

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।

भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता, नेपालीले नभुल्ने रोमाञ्चाक जीत र नेपालीहरुलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद दिएका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत् दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद दिएका छन्।

‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्,’ उनले लेखेका छन्, ‘सरकारको साथ र सहयोग सधैं रहनेछ।’ पूर्व कप्तान पारससँग भएको भेटवार्ताको तस्वीर ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटले पाएको सफलताका लागि पारसलाई धन्यवाद दिएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged