सन्दीप लामिछानेले सीपीएल गुमाउने निश्चित

क्रिकेट

काठमाडौं । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् ।

यही अगष्ट अन्तिमदेखि सीपीएल टी-२० क्रिकेट आयाेजना सुरु हुँदैछ । आईसीसी विश्वकप लिग २ काे ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी (पिएनजी) सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ ।

सन्दीप यो पटक सीपीएलको लागि ट्रिनबागो नाइट राइडर्समा आवद्ध थिए । यसअघि भिसाका कारण सन्दीपले बेलायतको द हन्ड्रेड प्रतियोगिता पनि गुमाइसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged