साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक माल्दिभ्स ( नेपालको खेल तालिका सहित )

फुटबल

काठमाडौं, भदौ २ : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल घरेलु टिम माल्दिभ्ससँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आज १३ औं संस्करणमा ५ देशलाई सहभागि बनाई जारी गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो ।

नेपाल र माल्दिभ्सबीचको खेल आउँदो अक्टोबर १ मा हुनेछ । दुई टोलीबीचको खेल मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ मा खेल्नेछ । तेस्रो खेलमा नेपालले भारतसँग अक्टोबर ८ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० मा खेल्नेछ ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३औँ साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ । भुटान र पाकिस्तान भने यस खेलमा सहभागी नहुने जनाइएको छ । पाकिस्तानको फुटबल टिम यतिबेला फिफाको निलम्बनमा रहेका छन् भने भुटानले कोरोनाको कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जनाएको छ ।

नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स – असोज १५
नेपाल भर्सेस श्रीलंका – असोज १७
नेपाल भर्सेस भारत – असोज २२
नेपाल भर्सेस बंगलादेश – असोज २४
फाइनल – असोज २७

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
1
+1
0
+1
0
+1
0