काठमाडौं : श्रीलंकाका अलराउन्डर सिक्कुगे प्रसन्ना र मलेसियाका वीरनद्धिप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।
लेग स्पिनर सिक्कुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ। उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी २० ब्लास्ट खेलेका छन् ।
त्यस्तै, चितवनमा आएका वीरनद्धिप मलेसियाका मध्यपंक्तिका ब्याट्सम्यान हुन् । उमेर समूह देखि प्रभावशाली प्रदर्शन गर्दै आएका २२ उनले एसोसिएट क्रिकेटको भविष्यको रुपमा हेरिन्छ । हाल मलेसिया क्रिकेट टोलीका उपकप्तान पनि रहेका उनले २०१९ को जुन २४ मा थाइल्यान्डविरुद्ध खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।
चितवनले यसअघि अफगानिस्तानका ब्याट्सम्यान मोहम्मद शाहजाद, पाकिस्तानका अलराउन्डर दानिस अजिजलाई अनुबन्ध गरिसकेको छ।