जर्जियामाथि स्पेनको सानदार जित

फुटबल

काठमाडौं। फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले हराएको हो ।

स्पेनलाई सानदार जित दिलाउनको लागि जोसे लुईस गाया, कार्लोस सोलर, फेरान टोरेस र पाब्लो सरबियाले १(१ गोल गरे । स्पेनले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको १४ औं मिनेटमा जोसे गयाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । कार्लाेसले खेलको २५ औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता २–० बनाए । ४३ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । सराबियाले ६३ औं मिनेटमा गोल गर्दै स्पेनलाई ४–० को जित दिलाए ।

जितसँगै समूह ‘बी’मा स्पेन शीर्ष स्थानमा छ । ५ खेलबाट उसको १० अंक छ । पराजित जर्जिया पाँच खेलबाट एक अंकसहित तालिकाको पुछारमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0