काठमाडौं : वेस्ट इन्डिजका केसरिक विलियम्स र दक्षिण अफ्रिकाका रिचार्ड लेभीले आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । चौंथो संस्करणमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् ।
विलियम्सलाई पोखराले गत वर्ष पनि टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता हुन सकेकाे थिएन । विलियम्सले आठ एकदिवसीय खेल्दै १९ रन बनाएका छन् भने २५ टी–ट्वान्टी खेल्दै १९ रन बनाएका छन् ।
त्यस्तै लेभी दक्षिण अफ्रिकाबाट टि२० आईमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। लेभीले १३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दे २३६ रन बनाएका छन् । त्यस्तै, २१५ टी–ट्वान्टी खेलेर पाँच हजार ४२२ रन बनाएका छन् । इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।