बटलरको शानदार शतकमा राजस्थानले हैदराबादलाई ५५ रनले हरायो

आईपिएल क्रिकेट

काठमाण्डाै : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले अंक तालिको पुछारमा रहेको सनराइजर्स हैदराबादलाई ५५ रनले हराएको छ । हैदरावादले केन विलियम्सलाई नयाँ कप्तान बनाएपछि पहिलो खेलमा फराकिलो हार बेहोरेको हो । यसअघिका कप्तान डेभिड वार्नरलाई बेन्चमा राख्दै मैदान उत्रेको हैदरावादले हारको यात्रा भने तोड्न सकेन ।

राजस्थानको यो ७ खेलमा तेस्रो जित हो भने हैदरावादले ७ मध्ये ६ खेलमा हार बेहोरिसकेको छ। यो जितसँगै राजस्थान सात खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ भने सनराइजर्स उति नै खेलमा दुई अङ्कसहित पुछारमा छ ।

राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि ओपनिङ गरेका मनिस पाण्डेले सर्वाधिक ३१ रन बनाउँदा अर्का ओपनर जोनी बेयर्स्टोले ३० रन जोडे । कप्तान केन विलियम्सले २० रन बनाए ।

बलिङमा राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३-३ विकेट लिए। यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले बटलरको शानदार शतकको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । राजस्थानका लागि जोस बटलरले ६४ बलमा एक सय २४ रन बनाए भने सन्जु सामसनले ४८ रन बनाए । आईपीएलमा राजस्थानका कुनै पनि ब्याट्सम्यानले बनाएको यो व्यक्तिगत उच्च स्कोर समेत हो ।

बलिङमा हैदरावादका सन्दीप शर्मा, रासिद खान र विजय शंकरले १-१ विकेट लिए। एक विकेट लिए पनि खेलमा सन्दिप शर्माले निकै खराब बलिङ गरे । ४ ओभर बलिङ गरेका उनले ५० रन खाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0