कोरोनाको कारण भारतिय क्रिकेटर पियुष चावलाको पिताको निधन

क्रिकेट

नयाँ दिल्ली: भारतीय लेग स्पिनर पियुष चावलाका पिता प्रमोद कुमार चावलाको सोमबार कोरोनाको कारण मृत्यु भएको छ। पियुषले आफ्नो इन्स्टाग्राममा यो कुराको जानकारी दिदै भने “गहिरो दु: खका साथ हामीले यो कुरा बुझ्नुपर्दछ कि हाम्रा प्रिय बुबा प्रमोद कुमार चावला १० मेको दिन यो संसारबाट बिदा लिनु भयो । बुवा कोभिडसँग संघर्ष गरिरहनु भएको थियो । ईश्वरले उनको आत्मालाई शान्ति दिऊन्।”

चावला आईपीएल २०२१ मा मुम्बई इन्डियन टोलीका एक सदस्य थिए। मुम्बई इन्डियन्सले पनि चावलाको बुबाको निधनमा शोक व्यक्त गरेको छ । फ्रान्चाइजीले लेख्यो, “पियुष चावलाप्रति हाम्रो संवेदना। उनको बुबा प्रमोद कुमार चावला बिहान निधन भयो। यो कठिन समयमा हामी तपाईं र तपाईंको परिवारसँग छौं। ईश्वरले तपाईंलाई यो शोक सहने शक्ति दिउनल”

त्यस्तै पूर्व भारतीय क्रिकेटर इरफान पठानले ट्वीट गरेर शोक व्यक्त गरे। उनले लेखे, “मेरो प्यारो भाई पियुष चावलाका बुबा प्रमोद अंकल अब हुनुहुन्न। म तपाईलाई र तपाईका परिवारलाई गहिरो संवेदना प्रकट गर्दछु। भगवान् तपाईलाई यो कठिन घडीमा आशीर्वाद दिनुहोस् भनेर प्रार्थना गर्दछु।

चावलालाई २१ फेब्रुअरीमा सम्पन्न खेलाडीहरूको लिलामीमा मुम्बई इन्डियनले २.४०करोडमा किनेको थियो । यद्यपि लेग स्पिनरले आईपीएल २०२१ मा सातवटा खेलमा मुम्बई इन्डियनको प्लेइङ एघारमा स्थान पाएनन्। चावलाले भारतका लागि तीन टेस्ट, २५ एकदिवसीय र सात टी -२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनि आईपिएलम सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् । हालसम्म उनले आईपिएलमा १५६ विकेट लिएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0