पञ्जाबविरुद्ध राजस्थानको कीर्तिमानी जित

क्रिकेट

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किंग्स-११ पञ्जावमाथि राजस्थान रोयल्यले सनसनीपूर्ण जित निकालेको छ। आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

शारजाहाँ क्रिकेट स्टेडियममा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो । राजस्थानले ओपनर जोस बटलरलाई ४ रनमा गुमाएको थियो। तर, कप्तान स्टेभन स्मिथ र सन्जु सेमसनले इनिङ सम्हालेर टोलीलाई लक्ष्यतर्फ डोर्‍याएका थिए। २७ बलमा ७ चौका र २ छक्कासहित स्मिथले ५० रन बनाउँदा सेमसनले ४२ बलमा ४ चौका र ७ छक्कासहित ८५ रनको योगदान गरे।

यस्तै अन्तिम तीन ओभरमा जितका लागि ५१ रन चाहिएको अवस्थामा राजस्थानका राहुल टेवाटियाले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले १८औं ओभरमा पञ्जावका सेलडम कोट्रेलको बलमा पाँच छक्का हिर्काएका थिए।अर्को ‌ओभरमा आउट भएका उनले ३१ बलमा ७ छक्काको मद्दतमा ५३ रन जोडे। जुन राजस्थानका लागि कीर्तिमानी लक्ष्य भेट्टाउन महत्वपूर्ण सावित भयो। बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

पञ्जाबका लागि मयंक अग्रवालले १०६ रन बनाए । मयंकले ५० बलमा १० चौका र ७ छक्कासहित १०५ रन बनाएका हुन् । मयंकको यो शतक यस सिजनको आइपिएलको दोस्रो शतक हो । यस अघि पञ्जाबकै कप्तान केएल राहुलले सनराइजर्स हैदरावादविरुद्ध सतक प्रहार गरेका थिए ।त्यस्तै यस खेलमा केएल राहुलले ५४ बलमा ६९ रन बनाए भने निकोलस पुरनले ८ बलमा २५ र ग्लेन म्याक्सवेलले ९ बलमा १३ रन बनाएका थिए । पहिलो विकेटका लागि मयंक र कप्तान राहुलबीच १८३ रनको साझेदारी भएको थियो ।

जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । पन्जाबको यो दोस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ । एजेन्सी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0