नेपाली मिडफिल्डर मनग्य नकर्मी भारतीय क्लबमा आबद्ध

समाचार

काठमाडाैं । नेपाली मिडफिल्डर मनग्य नकर्मी भारतीय क्लबमा आबद्ध भएका छन्। उनी भारतको कोलकतास्थित किदरपुर स्पोर्टिङ क्लबमा आबद्ध भएका हुन्।

किदरपुर भारतको क्षेत्रीय लिग कोलकता प्रिमियर डिभिजन खेलिरहेको क्लब हो। एक सिजनका लागि क्लबमा आबद्ध भएका उनको अनुबन्धन रकम खुलाइएको छैन।

नकर्मीले २०१९/२० को सहिद स्मारक ए डिभिजन लिगदेखि थ्रीस्टारबाट खेलेका थिए। सो सिजन उनी लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0