मुसाको पेनाल्टी प्रहार जोगाउँदै किरण चेम्जोङलाई बिर्साउने नयाँ गोलकिपर दीप कार्की

फुटबल

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गतको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले हारेको हो । गएराति कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफसम्मा ०–० को बराबरी खेलेको थियो । पहिलो हाफमै जाेर्डनले पेनाल्टी पाएको थियो । तर नेपालका गोल किपर दीप कार्कीले बचाएका थिए ।

जोर्डनका मुसा मोहमत सुलेमानले प्रहार गरेको पेनाल्टीलाई उत्कृष्ट बचाउ गरेका थिए । खेलको पहिलो हाफमा नेपाल दवाबमै रहेपनि गोल खानबाट भने बचेको थियो । दीप कार्की उनै खेलाडी हुन् जो सिनियर टिम राष्ट्रिय टीमको प्रशिक्षणमा उपस्थित नहुँदा अवसर पाएका खेलाडी त्यस्तै डिफेन्डर विकास तामाङको पनि यो डेव्यु खेल थियो । ।

खेलको दोस्रो हाफमा भने जोर्डनले आफ्नो प्रयासहरु गोलमा परिणत गर्न सफल भयो । त्यसपछि खेलको दोस्रो हाफमा पनि नेपाल दवावमै रहेको थियो । खेलको ६९ औं मिनेटमा जोर्डनले पहिलो गोल गरेको थियो । जोर्डनका लागि अलि ओल्वानले पहिलो गोल गरेका हुन् ।

त्यस्तै खेलको ८२ औं मिनेटमा जोर्डनले अर्को गोल पेनाल्टी मार्फत गरेको थियो । जोर्डनले पाएको दोस्रो पेनाल्टी सही सदुपयोग हुँदा नेपालले २ – ० गोलको स्थिति पुगेको थियो । उक्त पेनाल्टी हम्जा अल दार्दरले प्रहार गरेका थिए । दोस्रो पेनाल्टीमा भने नेपालका दीप कार्कीले सही दिशा पहिचान गर्न सकेनन् । यो सँगै नेपाल २ – ० को नतिजा स्वीकार्न बाध्य भयो ।

हारसँगै अंक तालिकाको पुछारमा अन्तिममा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
4
+1
0