काठमाडौं । इंग्ल्यान्डको वुमन्स सुपर लिगमा एस्टन भिल्लाको महिला फुटबल टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गरेकी नेपाली मुलकी १९ बर्षिय अस्मिता आले मगर एस्टन भिल्ला क्लबको ‘प्लेयर अफ दी सिजन’ घोषित भएकी छिन्। एस्टन भिल्लाको महिला फुटबल टोलीकी नियमित अस्मिता समर्थकहरुको मतदानबाट उत्कृष्ट खेलाडी चुनिएकी हुन्।
अस्मिताले यस सिजन १९ मध्ये १७ खेलमा सुरुआती टिममा स्थान बनाइन्। अस्मिताले १६ वर्षमा सिनियर टिमबाट डेब्यू गरेकी थिइन्। त्यस्तै अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन् । अस्मिताले इङ्ल्यान्डबाट २०१९ मा यु–१९ युरोपियन च्याम्पियनसिप खेलिसकेकी छिन्।
उता भिल्लाकी प्रशिक्षक गेम्मा डेभिस अनुसार अस्मिता निकै क्षमतावान छिन् र उनले सो कुराको पुष्टी मैदानमा समेत गरिसकेकी छिन् । साथै एम्माले अस्मितामाथि आफूहरुले गरेको विश्वास खेर नजाने समेत उनले बताईन् ।
इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन् । तनहुँ दमौलीमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन् । अमृत स्क्वासको राष्ट्रिय खेलाडी हुन् । आठौं दक्षिण एसियाली खेलकुद (साग) टिमको बन्द प्रशिक्षण अमृत पनि रहेका थिए ।