साफ महिला यू-२०: थप ११ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसीपका लागि बन्द प्रशिक्षणमा रहेका थप ११ खेलाडी बाहिरिएका छन् । बन्द प्रशिक्षणमा रहेका ४१ खेलबाट ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले जनाए अनुसार टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा ३० खेलाडीलाई राखेका हुन् । साफ च्याम्पियनसीप बंगलादेशको राजधानी ढाकामा […]

Continue Reading

अल–नासरको डेब्यु खेलमै रोनाल्डोमाथि प्रतिबन्ध

काठमाडौं : क्रिस्टियानो रोनाल्डोले बिहीबार निर्धारित समयमा साउदी अरेबियाको अल नासर फुटबल क्लबबाट डेब्यु गर्ने छैनन्। गत अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेडको १–० ले पराजित भएपछि पोर्चुगिज स्टारलाई एफएले गरेको अनुशासनात्मक कारबाहीका कारण दुई खेलको प्रतिबन्ध लगाइएको छ। साउदी प्रो लिगअन्तर्गत मिसूल पार्कमा अल ताइविरुद्ध आफ्नो पहिलो खेल खेल्न तयार रहेका ३७ वर्षीय रोनाल्डोलाइ प्रतिबन्धको जानकारी […]

Continue Reading

मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी पराजित

एजेन्सी : मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी पराजित साबिक विजेता पेरिस सेन्ट जर्मेन राम्रो फर्ममा रहेको लेन्ससँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिग वानमा पीएसजी पराजित भएको गत मार्च यता पहिलोपटक हो । गत मार्च २० मा पीएसजी मोनाकोसँग ३–० गोलले पराजित भएको थियो । यो सिजन लेन्सले लिगका १७ खेलमा […]

Continue Reading

क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने म्यान्चेस्टर युनाइटेडको तयारी

काठमाडौं। इंलिश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई क्लबबाट निकाल्ने प्रक्रिया सुरु गरेको छ । बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा क्लबबारे निकै विवादास्पद बयान दिएपछि रोनाल्डोलाई क्लबलबाट निकाल्ने प्रक्रिया सुरु गरिएको हो । बेलायती अखबार डेली मेलका अनुसार क्लबले उनको सम्झौता रद्द गर्ने विषयमा कानून व्यवसायीहरुसँग छलफल गरेको छ । उक्त अखबारका […]

Continue Reading

९२ वर्षको इतिहासमा पहिलोपटक फिफा विश्वकपमा महिला रेफ्री

काठमाडौं। फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी छिन्। पुरूष टोलीले खेल्ने विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी हुन्। रुवान्डाकी सलिमा मुकासांगा पुरुष टोलीको विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा छनौट भएकी छिन्। गत वर्ष उनी अफ्रिका कप अफ नेसनमा रेफ्रीको भुमिकामा देखापरेकी थिइन्। टोक्यो ओलम्पिकमा पनि उनी रेफ्री थिइन्। […]

Continue Reading

शानदार लयमा फर्कियो नेपाली टिम, युएईलाई अन्तिम खेलमा हराउँदै शिरिजमाथि कब्जा

काठमाडौं । नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज जितेको छ । काठमाडौँको किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको तेस्रो खेलमा ६ विकेटको जित हासिल गर्दै नेपालले युएईविरुद्धको सिरिज २-१ ले जितेको हो । युएईले दिएको १७७ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर आसिफ सेख र […]

Continue Reading

सेनेगलका स्टार खेलाडी मानेले विश्वकपबाट बाहिरिए

काठमाडौँ । साडियो माने विश्वकपबाट बाहिरिएका छन् । बायर्न म्युनिखबाट खेल्ने स्टार खेलाडी साडियो माने इन्जुरीका कारण विश्वकपबाट बाहिरिएको सेनेगलको फुटबल फेडेरेसनले जानकारी दिएको छ । विश्वकप अघिको बायर्न म्यूनिखको अन्तिम खेलमा माने घाइते भएका थिए । सो इन्जुरीपछि उनलाई सेनेगलको विश्वकप टिममा समावेश गरिएको थियो । तर उनको इन्जुरी ठिक नहुने भएपछि विश्वकप खेल्न […]

Continue Reading

पाकिस्तानबिरुद्ध अञ्जनले गोल गरेपछि किन आँखा चिम्लिएर, कान थुने ? यस्तो छ कारण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टको गोल गरेपछि सेलिब्रेसन गर्ने आफ्नै शैली छ । उनी गोल गरेपछि आफ्नो दुई कान थुनेर शान्त पारामा आँखा बन्द गर्ने गर्छन् । सन् २०१९ मा राष्ट्रिय टिमकोे बन्द प्रशिक्षणमा रहेका बेला क्लब गएर टिमको नियम उल्लंघन गरेको भन्दै ४५ दिन प्रतिबन्धमा परेका थिए । त्यसपछि सहिद […]

Continue Reading

बार्सिलोनाका लेवानडोस्कीलाई ला लिगामा तीन खेलको प्रतिबन्ध, यस्तो छ कारण

काठमाडौँ । बार्सिलोनाका फरवार्ड रोबेर्ट लेवानडोस्कीलाई तीन खेलको प्रतिबन्ध लागेको छ । ला लिगा अन्तर्गत बार्सिलोनाको नोभेम्बर ९ मा सम्पन्न ओसासुनाविरुद्धको खेलमा रातो कार्ड पाएका लेवानडोस्कीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । सो खेलमा लेवानडोस्कीले खेलको ३०औँ मिनेटमा रातो कार्ड पाएका थिए । यो प्रतिबन्धपछि लेवानडोस्कीले बार्सिलोनाका लागि ला लिगाका आगामी तिन खेल गुमाउने भएका […]

Continue Reading

बिश्वकप अगाडि चम्किए मेसि, गोलको वर्षा गर्दै अर्जेन्टिनालाई जिताए

एजेन्सी : कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक एक गोल गरे । खचाखच दर्शकले भरिएको मैदानमा अर्जेन्टिनाले पहिलो […]

Continue Reading