मनाङको हार नै हार, ओलोमोउ गोलमा एनआरटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दोस्रो खेल हारेको छ । १२औं चरण अन्तर्गत आइतबार भएको खेलमा मनाङ एनआरटीसँग १–० गोलअन्तरले स्तब्ध भयो । दशरथ रंगशालामा एनआरटीका लागि मेसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले २६औं मिनेटमा एरिक विष्टको फ्रिकिक उपयोग गरी बक्सभित्रबाट गोल गरेका थिए । […]

Continue Reading

संकटालाई हराउँदै एनआरटी ए डिभिजन लिगको शीर्ष ५ मा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले सङ्कटालाई एक–शून्य गोलले हरायो । उसका लागि स्टेफिनले गोल गरे । जितसँगै एनआरटी ११ खेलमा १७ अङ्कसहित शीर्ष पाँचमा पुगेको छ । १५ अङ्क रहेको सङ्कटा छैटाैँ स्थानमा झरेको छ ।

Continue Reading

मनाङलाई ३-१ ले पराजित गरेसँगै रेलिगेशनबाट बालबाल बच्यो एपिएफ

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दीमाथि सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ । मनाङलाई ३-१ ले पराजित गरेसँगै एपीएफ रेलिगेसनबाट जोगिएको छ । खेलको ३७ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । गोलकिपर विशाल सुनारको लामो पासमा एपीएफका गोलकिपर युया कुरियामा अघि बढेको अवस्थामा […]

Continue Reading

अजरवैजानी खेलाडी नुर्लान भन्छन् : ‘पहिलो पटकमै नेपालको लिग जित्न पाउँदा खुसि छुँ’

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । हिजो बुधवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्रले दुई खेलअघि नै लिगको उपाधि जितेको हो । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई एक–शून्य गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल […]

Continue Reading

‘ए’ डिभिजन लिग : यी हुन् आज हुने दुई खेल

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुईवटा खेलहरु हुँदैछन्। दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक/एक खेल हुनेछन्। एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ। एपीएफ र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। मनाङ १० खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एपीएफलाई हराएर मनाङ दोस्रो […]

Continue Reading

आर्मी र हिमालयन शेर्पाबीचको खेल १–१ गोलको बराबरी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुङ्गिएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै […]

Continue Reading

‘ए’ डिभिजन लिग : ६ गोल भएको खेलमा फ्रेन्ड्स र जावलाखेलको बराबरी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको फ्रेन्डस् र जावलाखेलबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । बराबरीसँगै भएसँगै जावलाखेल युथ क्लबले रेलिगेशनबाट दबाबमुक्त हुने अवसर गुमाएको छ । पहिलो हाफमै ३–० को अग्रता बनाएको जावलाखेल अंक बाँड्न बाध्य भएको हो । जावलाखेल ११ […]

Continue Reading

उपाधि होडमा मच्छिन्द्र, अपराजित यात्रा कायमै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको खेलमा लिग लिडर मछिन्द्र क्लबले च्यासल युथ क्लबमाथि २–० को सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विमल घर्तीमगर र सुनिल बलले १–१ गोल गरे । १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए । रेजिन धिमालको […]

Continue Reading

सिजनमा पहिलो जित निकाल्ने क्रममा फ्रेण्ड्सले दनादन गर्‍यो पाँच गोल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो । फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे । श्यामबाबु केप्छ्याकीले एक गोल थपे । ब्रिगेडका ड्याडी जुनियर […]

Continue Reading

ए डिभिजन लिग : च्यासलविरुद्ध पुलिसको जेनतेन जित, १० औँ स्थानमा उक्लियाे

काठमाडौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो । यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल […]

Continue Reading