सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने पक्का, ९० हजार अमेरिकी डलरमा अनुबन्ध

काठमाडौं, २२ असार । यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटका लागि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई जमैका तलावाजले अनुबन्ध गरेको छ । सन्दीपको न्युनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) रहेको थियो । यसअघि सन्दीपले सन् २०१८ को सिजनमा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स बाट खेलेका थिए जसमा उनले ५ खेल खेल्दा […]

Continue Reading

वेस्ट इन्डिजविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा

लन्डन । इंग्ल्यान्ड क्रिकेट बोर्डले घरेलु भूमिमा बुधबारदेखि सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टका लागि १३ सदस्य टोली घोषणा गरेको छ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको हो । स्टोक्स इंग्ल्यान्डको ८१औं टेस्ट कप्तान बन्नेछन् । स्थायी कप्तान जो रुटले पारिवारिक समस्याका कारण टोलीसँग उपलब्ध नहुने भएपछि स्टोकले कप्तानी गर्ने […]

Continue Reading

श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ

काठमाडौं : श्रीलंकाका क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन्। उनले चलाएको गाडीको ठक्करबाट ६४ वर्षीय साइकल चालकको मुत्यु भएपछि मेन्डिस पक्राउ परेका हुन्। आइतबार विहान दक्षिण कोलम्बोमा २५ वर्षीय मेन्डिजले चलाएको कारको ठक्करबाट साइकल चालक सुरुमा गम्भीर घाइते भएका थिए। तत्काल अस्पताल लगिएका उनको मृत्यु भएको थियो। श्रीलंकाको पानाडुरा न्यायलयमा मुद्दा चल्नुअघि उनलाई प्रहरीले ४८ […]

Continue Reading

आईपीएल खेल्न नपाएपछि बीमा कम्पनीसँग डेढ करोड मागदाबी

एजेन्सी– अष्ट्रेलियन बायाँ हाते तीव्र गतिका बलर माइकल स्टार्कले बीमा कम्पनीसँग डेढ करोड अमेरिकी डलर माग दाबी गरेका छन्। चोटका कारण सन् २०१८ को इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी बन्न नसकेको भन्दै उनले उक्त रकम माग गरेका हुन्। उनले चोटका कारण आईपीएलको टिम कलकत्ता नाइट राइडर्स (केकेआर)सँग एक सिजनको सम्झौता रद्द गर्नुपरेको थियो। उनलाई केकेआरले […]

Continue Reading

आइपिएलमा मलाई ‘कालु’ भन्नेहरूले माफी माग्नुपर्छ- ड्यारेन सामी

काठमाडौं : वेस्ट इन्डिज क्रिकेट टिमका पूर्व कप्तान ड्यारेन सामीले आइपिएल टिम सनराइजर्स हैदरावादका सहकर्मीले रंगभेद गरेको आरोप लगाएका छन्। उनले एक भिडिओ सार्वजनिक गर्दै आफूलाई हैदरावादका सहकर्मीले ‘कालु’ शब्द प्रयोग गरेको र ‘कालु’ को अर्थ थाहा नभएकाले आफू चुप बसेको बताएका छन्। आइपिएल खेल्ने क्रममा खेलाडीहरूले धेरै पटक कालु शब्द प्रयोग गरेको उनले बताएका […]

Continue Reading

अफगानिस्तानका ब्याट्सम्यान शफाकलाई ६ वर्ष प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेट खेल्नबाट ६ वर्षको प्रतिबन्ध लागेको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले म्याच फिक्सिङको आरोप लागेका शफिकलाई म्याच फिक्सिङ पुष्टि भएपछि सबैखाले क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध लगाएको हो । शफिकउल्लाहले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग र सन् २०१९-२० को बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप […]

Continue Reading

नेपाल एकदिवसीय र टी–२० वरीयतामा यथावत

काठमाडौं । सारा विश्व नै अहिले कोरोना भाइरस कोभिड-१९ ले प्रभावित छ । विश्व खेलकुद गतिविधि पनि यसको मारमा परेको छ । त्यसैले क्रिकेटको वरीयतामा पनि खासै फेरबदल छैन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको ओडीआई र टि-२०आई वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले ७ अप्रिलमा सार्वजनिक गरेको टि-२० वरीयतामा नेपाल १५औं स्थान यथावत रहेको […]

Continue Reading

नेपालको दुई ट्राइ सिरिज स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर महामारीका रूपमा फैलिरहेको छ । रोकिने कुनै छाँटकाँट छैन । चीनबाट फैलिएको यही भाइरसका कारण विश्व खेलकुद नै प्रभावित बनेको छ । टोकियो ओलम्पिकदेखि युरो २०२० र कोपा अमेरिका कपसम्मका खेल स्थगित भइसकेका छन् । खेल सुचारु हुने कुनै अवस्था नै बनेको छैन । यसैक्रममा सन् २०२३ को […]

Continue Reading

क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयको लागि स्थगित गरेको छ । क्यानले हिजो एक सूचना जारी गर्दै कोराना भाइरसको जोखिम नियन्त्रणको लागि अर्को सूचना नआएसम्म क्रिकेटका सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ । क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको जनाएको छ । विश्वभर कोरोना […]

Continue Reading

कोरोनाको कारण भारत र दक्षिण अफ्रिकाबीचको म्याच रद्द

नयाँ दिल्ली । भारत र दक्षिण अफ्रिकाबीच तय भएको तीन म्याचको वान डे सिरिजअन्तर्गतका बाँकी दुई खेल रद्द गरिएको छ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि खेल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) स्रोतलाई उद्धृत गर्दै लेखका छन् । भारत र दक्षिण अफ्रिकाबीच बाँकी दुई खेल लखनउमा १५ […]

Continue Reading