टोकियो ओलम्पिक : अमेरिकालाई स्तब्ध बनाउँदै महिला फुटबलको फाईनलमा क्यानडा

काठमाडौं । क्यानडा टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको फाइनल प्रवेश गरेको छ । उसले इबराकी रंगशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा अमेरिकामाथि १–० को कठिन जित निकालेको हो । खेलको ७४औँ मिनेटमा जेसी फ्लेमिङले पेनाल्टीमार्फत गरेको एक मात्र गोल क्यानडालाई पहिलोपटक फाइनल पुर्याउन पर्याप्त बन्यो । क्यानडाले अगस्ट ६ मा स्वर्णपदकका लागि अस्ट्रेलिया र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा […]

Continue Reading

इटालीका मार्सेल ज्याकोब्स विश्वकै सबैभन्दा तेज धावक, जिते स्वर्ण पदक

काठमाडौं । टोकियो ओलम्पिकको पुरुष सय मिटर दौडमा स्वर्ण पदक जित्दै इटालीका मार्सेल ज्याकोब्स विश्वकै सबैभन्दा तेज धावक बनेका छन्। उनले निर्धारित दुरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन्। उनले उपाधि दावेदार मानिएका अमेरिकी खेलाडी फ्रेड कर्लीलाई शुन्य दशमलब शुन्य चार सेकेण्डले पछि पारे । यो वर्ष सबैभन्दा छिटो दौडिएका विश्व च्याम्पियन क्रिश्चियन […]

Continue Reading

टोकियो ओलम्पिकमा चीनको जलवा जारी, २३ स्वर्ण सहित शिर्ष स्थानमा कायमै

जेन्सी । जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको संख्या २३ पुर्याएको छ । चीन २३ स्वर्ण, १४ रजत र १३ कास्यसहित ५० पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २२ रजत र १६कास्य गरी ५८पदक जितेको छ । तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, पाँच रजत र […]

Continue Reading

ओलम्पिकमा भारतकी पीभी सिन्धुले जितिन् कास्य पदक

एजेन्सी। भारतकी पीभी सिन्धुले ब्याडमिन्टन महिला एकल स्पर्धामा कास्य पदक जितेकी छिन्। ओलम्पिकमा उनको यो दोस्रो पदक हो। यसअघि उनले रियो ओलम्पिकमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। सिन्धुले चीनकी हे बिङ जियाओलाई २१–१३, २१–१५ को सेटमा हराएकी हुन्। यससँगै सिन्धु ओलम्पिकमा दुई वटा पदक जित्ने पहिलो भारतीय महिला खेलाडी बनेकी छन्।

Continue Reading

अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले जिते पाँचौं स्वर्ण

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले पाँच स्वर्ण जितेका छन् । उनले आज बिहान ४ गुणा १०० मिड्ले रिलेमा विश्व कीर्तिमान र पुरुष ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितेका छन्। टोक्यो ओलम्पिकमा पाँच स्वर्ण जितेका ड्रेसल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक बनेका छन् । त्यसअघि आइतबार बिहानै भएको ५० […]

Continue Reading

१ सय मिटर दौडमा जमैकन धाविका इलानी थम्पसनलाई स्वर्ण

इलानी थम्पसन हेराले ओलम्पिकमा १ सय मिटर दौडको स्वर्ण जितेकी छिन् । जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् । उनी १ सय मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि त्यसलाई बराबरी गर्न भने ० दशमलव १२ सेकेन्डले चुकिन् । यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई […]

Continue Reading

किर्तिमान सहित अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जिते चौथो स्वर्ण पदक

काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान सहित स्वर्ण जितेका छन् । आज बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१ सेकेण्ड ०७ मिलिसेकेण्डमा दूरी पूरा गरी स्वर्ण पदक हात पारेका हुन् । टोकियोमा उनको स्वर्ण संख्या चार पुगेको छ । सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१ सेकेण्ड ३० […]

Continue Reading

अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान सहित जिते तेस्रो स्वर्ण

काठमाडौं । टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी ४९.४५ सेकेण्डमा पार गरे। ड्रेसलले आफ्नै नाममा रहेको ४९.५० सेकेण्डको कीर्तिमान तोडेका हुन्। हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् । जारी ओलम्पिकमा […]

Continue Reading

टोकियो ओलम्पिकमा चीनको वर्चस्व कायमै

काठमाडौं : टोकियो ओलम्पिकमा सातौँ दिन सकिँदासम्म पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। सातौ दिनको खेल सकिदा पदक तालिकामा चीन १९ स्वर्ण, १० रजत र ११ काश्य पदकसहित कुल ४० पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै आयोजक जापानले १७ स्वर्ण पदकसहित ४ रजत र ७ काश्य पदक गरि कुल २८ पटक जितेर […]

Continue Reading

टोकियो ओलम्पिक : पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा महिलाको १ सय मिटर दौडमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिला सय मिटर दौडमा आज बिहान प्रतिस्पर्धा गरेकी सरस्वतीले १२ दशमलव ९१ सेकेडमा रेस पूरा गरिन् । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुन सकिनन्। युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि […]

Continue Reading