कौटिन्हो भित्र्याउने चेल्सीको चाहना

लन्डन । इंग्लिस क्लब चेल्सीले ब्राजिल तथा जर्मन क्लब बायर्न म्युनिखका प्लेमेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । चेल्सीले लोनमा बायर्नमा रहेका कौटिन्हो अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनासँग छलफल प्रक्रिया अघि बढाइसकेको छ । कौटिन्हो २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए । कौटिन्होले त्यहाँ पहिलो रोजाइमा पर्न निकै संघर्ष गर्नुपरेको थियो […]

Continue Reading

बी डिभिजन लिगः खुमलटार विजयी, टुसाल र टोखा बराबरीमा रोकिए

काठमाडौं । श्री कुमारी क्लबलाई ३–१ ले हराउँदै खुमलटार युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा हिजो भएको खेलमा खुमलटारलाई विजयी गराउन कप्तान सबिन केसीले ह्याट्रिक गरे । पराजित टोली श्री कुमारीका मिशन लामाले एक सान्तोना गोल फर्काए । जितसँगै खुमलटारले ५ खेलबाट १३ अंक जोडेको […]

Continue Reading

भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी । स्पेनिस फुटबल क्लब भ्यालेन्सियाका पाँच जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अर्जेन्टाइन डिफेन्डर इजेक्वेइल ग्यारीसहित पाँच जना खेलाडी र स्टाफलाई कोरोना देखिएको क्लबले बताएको छ । पाँचै जनाको स्वास्थ्य स्थिर रहेको र खेलाडीहरु अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । युरोपमा इटालीपछि स्पेनमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ। जसका कारण स्पेनले सोमबारदेखि पूरै […]

Continue Reading

आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

कास्की – टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिवार पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा विभागीय पुलिस क्लबमाथि टाइब्रेकरमा ४–३ को जीत निकाल्दै मनाङ उपाधि चुम्न सफल भएको हो […]

Continue Reading

युरोपा लिगमा युनाइटेडको गोलबर्षा

एजेन्सी : इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा अष्ट्रियन क्लब लास्कमाथि गोलबर्षा गरेको छ । बिहिबार राति भएको खेलमा युनाइटेडले लास्कलाई उसैको मैदानमा ५–० गोलले हरायो । युनाइटेडको जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । २८औं मिनेटमा ओडिन इघलोले गोल गदै युनाइटेडलाई […]

Continue Reading

कोरोनाभाइरस’कोे आशंकामा रोनाल्डो क्वारेन्टाइनमा

काठमाडौं । विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् । ३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । […]

Continue Reading

पीएसजी च्याम्पियन्स लिग क्वाटरफाइनलमा प्रवेश, नेयमार नायक बने

एजेन्सी, २९ फागुन । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको लिगको दोस्रो खेलमा बोरुसिया डर्टमन्डलाई २-० ले पराजित गर्दै समग्रमा ३-२ को जित निकाल्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लिगको खेलमा पीएसजी २-१ ले पछि परेको थियो । पिएसजीलाई […]

Continue Reading

लेस्टर सिटीसँग एस्टन भिल्ला ४-० ले पराजित

एजेन्सी : इङ्लिश प्रिमियर लिगमा लेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ। लिग अन्तरगत सोमबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४-० ले पराजित गरेको हो। लेस्टर सिटीको जितमा जेमी भार्डी र हार्वे बार्नेसले दुई-दुई गोल गरे। टोलीलाई ४-० को जित दिलाउने क्रममा बार्नेसले खेलको ४० औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि जेमी भार्डीले खेलको […]

Continue Reading

कोरोना त्रास : विश्वकप छनोट स्थगित, नेपाली टोलीको प्रशिक्षण पनि रोकियो

काठमाडौं : फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेल स्थगित भएको छ। यससँगै नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण स्थगित गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघको संयुक्त बैठकले कोरोना भाइरसका कारण तत्कालका लागि छनोटका खेलहरू स्थगित गर्ने निर्णय गरेको हो। […]

Continue Reading

ओलम्पिकमा नेयमार ब्राजिलको कप्तान !

काठमाण्डौ – ब्राजिलियन फुटबल सङ्घले नेयमारलाई ओलम्पिक खेल खेलाउनका लागि पीएसजीसँग समन्वय गरेको बताइएको छ । नेयमारलाई कप्तानको रुपमा राष्ट्रिय टोलीमा फर्काउनका लागि पीएसजीसँग ब्राजिलले पहल थालेको हो । ओलम्पिकका लागि फ्रान्सका किलियन एम्बाप्पे पनि फर्कन इच्छुक देखिएपछि पीएसजीमा खेलाडीलाई जान दिने वा नदिनेबारे अन्योल सुरु भएको छ । ओलम्पिकका लागि ब्राजिलले नेयमारसँगै रियलका रोड्रिगो […]

Continue Reading