दिदीबहिनी कप महिला भलिबलको उपाधि एपीएफलाई

पर्वत, फागुन १० । पर्वतमा सम्पन्न चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले असअघिको विजयीलाई निरन्तरता दिँदै उपाधि हात पारेको हो । जितसँगै एपीएफले नगद दुई लाख रुपैयाँ पाएको छ भने उपविजेता पुलिस क्लबले नगद […]

Continue Reading

विश्व वरियतामा नेपाली महिला भलिबल

काठमाडाैं : अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले आज सार्वजनिक गरेको वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआईभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क […]

Continue Reading

राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित

कास्की : राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ ।पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उहाँलाई रु एक लाख , प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । नेपालमा गत मङ्सिरमा सम्पन्न सागमा शाहीकै कप्तानीमा नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मकै […]

Continue Reading

महिलाको सेमिफाईनल समिकरण पूरा

काठमाडौं। नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाईनल समिकरण पूरा भएको छ । मंगलबार सम्पन्न ग्रुप ‘ए’ मा दुई विभागिय टोलीबीचको प्रतिस्पर्धामा एपिएफ सेनाको टिएसीमाथि ३ – १ को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । एपिएफले टिएसीलाई २५–१०, १९–२५, २५–१८, २५–११ […]

Continue Reading

पुलिस सेमिफाइनलमा प्रवेश

काठमाडौं : नेपाल पुलिस क्लब पाँचौं आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सोमबार सेमिफाइनलमा पुग्न सफल भएको छ। नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामामा ढोरपाटन स्पोटर््स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै पुलिस सेमिफाइनलमा पुगेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी च्याम्पियनसिपको महिलातर्फ समूह ‘बी’ को अन्तिम खेलमा पुलिसले […]

Continue Reading

एपीएफ र आर्मी सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा आइतबार भएको समूह ‘ए’ को खेलमा एपीएफ क्लबले भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) लाई ३–० को सेटमा हरायो । एपीएफले बीएमसीलाई २५–११, २५–१२, २५–१६ ले पछि पारेको […]

Continue Reading

क्लब भलिबल च्याम्पियनसिपमा आर्मी र एपीएफ क्लबको विजयी सुरुवात

काठमाडौं । पाँचौ राष्ट्रिय वाणिज्य बैंक एनभिए राष्ट्रिय क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को पहिलो खेलमा आर्मीले आरजी भलिबल ग्रुपलाई ३–० को सेटमा हरायो र आर्मीले २५–९, २५–१६, […]

Continue Reading

न्यु डायमन्ड र एपिएफ बीच नै उपाधि भिडन्त

काठमाडौं : विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। नयाँबसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा साबिक विजेता एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई तथा साबिकको उपविजेता न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि भिडन्त […]

Continue Reading

न्यु डायमन्ड कप : पुलिस र न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं । आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यु डायमन्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एक खेल बाँकी छदै अन्तिम चारको यात्रा तय गरे । […]

Continue Reading

न्यु डायमन्ड कप : आर्मी र एपीएफको विजयी सुरुवात

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा बुधबारदेखि सुरु भएको तेस्रो होङ्ग्वान्जी न्यु डायमन्ड कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । एपीएफले टप्स मावि पोखरा र आर्मीले प्यारामाउन्ट इंग्लिस स्कुललाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल […]

Continue Reading