सेन्ट्रल जोन भलिबल : पुरुषतर्फ नेपालको पहिलो जित, उज्वेकिस्तानमाथि ३–१ को जित

काठमाडौं, पुस ९ : बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल विजयी भएको छ। शुक्रबार साँझ ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानमाथि ३–१ को जित निकाल्यो । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको नेपालको यो पहिलो जित हो। यो जितसँगै ५ टिम सहभागी प्रतियोगितामा फाइनल पुग्ने नेपालको सम्भावना जिवितै […]

Continue Reading

सेन्ट्रल जोन भलिबल : नेपालको लगातार दोस्रो जित, माल्दिभ्स सोझो सेटमा पराजित

काठमडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्स कपमा लगातार दोस्रो जित निकाल्नेक्रममा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । बंगलादेशका ढाकास्थित शाहीद सोह्रवर्दी नेशनल इन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५–११, २५–९, २५–५ को स्कोरमा हराएको हो । नेपालले गत संस्करणमा पनि माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै […]

Continue Reading

सेन्ट्रल जोन भलिबल : आज मालदिभ्सबिरुद्ध भिड्दै नेपाली चेली, जित कस्को ?

काठमाडौं : बंगलादेशको ढाकामा जारी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष तथा महिला टिमले आज प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा जित निकालेको नेपाली सिनियर महिला टिमले आज माल्दिभ्सको सामना गर्दैछ। महिला टिमले हिजो (बिहीबार) श्रीलंकाविरुद्ध जित निकालेको थियो। नेपालले माल्दिभ्सविरुद्ध बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्डहलमा सवा ११ बजे खेल्नेछ । नेपाली महिला टोली गत संस्करणको विजेता टोली […]

Continue Reading

सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपाली चेलिहरुको शानदार जित

काठमाडौं । साविक विजेता नेपाली महिला टोलीले एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै नेपालले सुःखद सुरुवात गरेको हो । नेपालले सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक […]

Continue Reading

नेपाली महिला भलिबल टिमको घोषणा

काठमाडौं । नेपाल भलिबल संघले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्न राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । बंगलादेशमा डिसेम्बर २१ बाट सुरु हुने प्रतियोगितामा भाग लिने १२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । टिममा छनोट भएका खेलाडीमा कप्तान अरुणा शाही, पवित्रा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा […]

Continue Reading

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार एक कार्यक्रमकाबीच काठमाडौंमा सम्मान गरेको हो । शाहीकाे कफतानीमा ढाकामा सम्पन्न प्रथम इभीसी एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितमा स्वर्ण पदक र २०७६ मंसिर १५ गतेदेखि २४ गतेसम्म १३ औँ भएकाे सागमा नेपाललाई एेतिहासिक रजत जिताउन […]

Continue Reading

नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा, को को परे ?

काठमाडौं । ओपन स्पाइकर मानबहादुर श्रेष्ठले राष्ट्रिय भलिबल टोलीमा पुनरागमन गरेका छन् । नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार बंगलादेशको ढाकामा हुने ‘एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता’को लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणमा २० खेलाडी छनोट गर्दा मानबहादुरले पुनरागमन गरेका हुन् । मानबहादुरसँगै दिलबहादुर सुनवार र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका […]

Continue Reading

न्यु डायमण्डले जित्यो एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं । एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि न्यु डायमण्ड एकेडेमीले हात पारेको छ । निबार त्रिपेरश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा न्यू डायमन्डले डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा पराजित गर्‍यो । च्याम्पियन न्यु डायमन्डले चार लाख नगद पुरस्कार पायो भने उप-विजेता बने वापत एपीएफले दुई लाख प्राप्त गर्‍यो । उपविजेतामा […]

Continue Reading

एनभीए क्लब भलिबल च्याम्पियनसिप आजदेखि, पहिलो दिन चार खेल हुँदै

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज (आइतबार)देखि सुरु हुँदैछ। नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुँदे छ। उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। समूह सीमा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे […]

Continue Reading

नेपालमा पहिलोपटक फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल सुपर लिग हुने

काठमाडौं । नेपाल सुपर लिग (एनसीएल) भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल भलिबल संघ र आयोजकबीच मंगलबार लिग आयोजना गर्न सम्झौता भएको हो । नेपाल भलिबलको नियमन निकाय नेपाल भलिबल संघ (एनभीए) र नेपाल स्पोर्टस् तथा इभेन्टस् म्यानेजमेन्ट कम्पनीबीच फ्रेन्चाइज भलिबल लिगको लागि १० वर्षे सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल भलिबल […]

Continue Reading