एन्फा अध्यक्षका लागि कर्माछिरिङ शेर्पाद्धारा प्यानलसहित उम्मेदवारी घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित […]

Continue Reading

नेपाली टिमबाट निकालिएका रोहित चन्दले पर्सिकबाट इन्डोनेसियन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन् । आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो । उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइगर । यस अघि शनिवार पूर्व क्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाइ भिडियो सार्वजनिक गरेको थियो । सन् […]

Continue Reading

प्रोफेसनल मुवाथाई फाइटमा नेपालका गुणराजले म्यानमारका खेलाडीलाई ढलाए

काठमाडौं । थाइल्यान्डमा भएको प्रोफेसनल मुवाथाई फाइटमा नेपालका गुणराज रूचालले जित हासिल गरेका छन्। शनिबार थाइल्यान्डको लुम्पिनी बक्सिङ रंगशालामा भएको भिडन्तमा रूचालले म्यानमारका खेलाडीमाथि जित हासिल गरेका हुन्। फेयर्टेक्स फाइट प्रमोसनको आयोजना भएको प्रतियोगितामा उनले ६१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। जसमा उनले म्यानमारका खेलाडी मनकोन यातितलाई पराजित गर्न सफल भए। नेपाली सेनाका रुचाल […]

Continue Reading

सर्प र छेपारोको संज्ञा दिँदै प्रशिक्षक अल्मुताइरीप्रति ‘विद्रोही’ १० खेलाडी आक्रोशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा निकालिएका खेलाडीको समूह मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध सामाजिक सञ्जालमा खनिएका छन् । प्रशिक्षक अल्मुताइरीले शुक्रबार सामाजिक सञ्जालमा ‘र’ लेख्दै स्टोरी पोस्ट गरेका थिए । यसैको जवाफमा प्रशिक्षण छोडेका खेलाडीहरुले फरक शैलीमा विरोध जनाएका हुन् । खेलाडीले समेत फेसबुकको स्टोरीमार्फत र लेख्दै आफ्नो जवाफ फर्काएका छन् । प्रायः […]

Continue Reading

पंकज नेम्वाङद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आगामी चार वर्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एन्फको निर्वाचन आगामी असार ६ गते हुँदैछ । एन्फा वरिष्ठ उपाध्यक्षको पनि उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा गर्दै नेम्वाङले भने, ‘कार्यसमितिमा एकता हुनुपर्छ, […]

Continue Reading

खेलाडी र प्रशिक्षक विवाद : अल्मुताइरीलाई हटाउन छानविन समितिको सिफारिस, यस्तो छ कारण

काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न गठित समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएका थिए । समितिले एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प […]

Continue Reading

क्याप छोडर भाग्ने खेलाडी बाहिर राखेरै एसियन कप छनोटका लागि फुटबल टिम घोषणा

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट १० खेलाडीलाई निकालेको विवाद समाधान हुनुअघि आसन्न एसिएन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अल्मुताइरीले शुक्रबार विद्रोही खेलाडीलाई बाहिर राखेर ठूला प्रतियोगिता खेल्ने टिम घोषणा गरेका छन् । वैशाख १२ गते प्रशिक्षक अल्मुताइरीको निर्देशनमा खेलाडीहरुले बन्द प्रशिक्षण छाड्नुपरेको बताउँदै आएका छन् । यस […]

Continue Reading

गणेश थापालाई फुटबलसँग सम्बन्धित कुनै गतिविधिमा संलग्न नगराउनू भन्दै नेपाललाई फिफाको चेतावनी

काठमाडाैं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुन विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) पुनः स्पष्ट पारेको छ । फिफाको १० वर्षको प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्व अध्यक्ष गणेश थापालाई फिफाले कुनै खाले फुटबल गतिविधिमा संलग्न नहुन चेतावनी दिएको हो । एन्फाका […]

Continue Reading

उषा र कामनाले पहिलो पटक माल्दिभ्सको भलिबल लिग खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । दुबै खेलाडी प्रतियोगिताका लागि मंगलबार माले प्रस्थान गरेकी छिन् । मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ । नेपाल पुलिस क्लबकी उषा र कामना उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छिन् । […]

Continue Reading

युरोपियन उमा कुङफुमा नेपाललाई तीन स्वर्ण

काठमाडौं : उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र गुरुङले एक स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिकासमेत निर्वाह गर्नुभएको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए । सञ्जयले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा […]

Continue Reading