नौ खेलाडीमा समेटिएको बार्सिलोनाको उत्कृष्ट पूनरागमन जित, लेवानडोस्की र पिकेलाई रातो कार्ड

फुटबल

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओसासुनामाथि रोमान्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको ८५औं मिनेटमा राफिन्हाले निर्णायक गोल गरेका थिए । यसअघि बार्सिलोनाका लागि खेलको ४८औ मिनेटमा पेड्रीले गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो । ओसासुनाका लागि खेलको छैटौं मिनेटमा डेभिड ग्रासियाले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यस खेलमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्कीले खेलको ३१औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । लेवानडोस्कीले खेलमा लगातार दोस्रो पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए ।

त्यस्तै यस खेलमा सब्सटिच्यूटमा रहेका जेरार्ड पिकेले हाफ टाइममा रेफ्रीसँग बहस गरेपछि बेन्चमै रातो कार्ड पाएका थिए । सन्यासको घोषणा गरेका पिकेको यो क्यारियरको अन्तिम खेल थियो । यो जितपछि बार्सिलोनाको १४ खेलमा ३७ अंक भएको छ र एक खेल कम खेलेको रियल म्याड्रिडसँग ५ अंकको अग्रता बनाएको छ । त्यस्तै ओसासुनाको भने १३ खेलमा २३ अंक रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
1
+1
1
+1
0