महिला एसियन कप: इन्डोनेसियाको पोस्टमा अस्ट्रेलियाको १८ गोल

फुटबल

काठमाडौं । उपाधि दाबेदार अस्ट्रेलियाले कमजोर मानिएको इन्डोनेसियालाई एएफसी महिला एसियन कप–२०२२ को आफ्नो पहिलो खेलमा शुक्रबार १८–० ले पराजित गरेको छ । युरोपेली फुटबलको अनुभव बटुलेको अस्ट्रेलियाका खेलाडी सामु भारतको मुम्बई फुटबल मैदानमा निरीह बनेको इन्डोनेसियाले कुनै पनि समय दबाब बनाउन सकेन ।

पहिलो हाफमा नौ गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप नौ गोल गरेको थियो । अस्ट्रेलियाकी साम कर एक्लैले पाँच गोल गरिन् । यस्तै भान इगमोण्ड र सिमोनले समान चार गोल गरे । जितसँगै अस्ट्रेलियाले समूह ‘बी’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । यस समूहमा अस्ट्रेलियासँगै फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया रहेका छन् ।

यस अघि आज भएको पहिलो खेलमा अर्को उपाधि दाबेदार जापानले म्यानमारलाई ५–० ले पराजित गर्‍यो । जितसँगै समूह ‘सी’ बाट जापानले तीन अंक बटुल्यो । यस समूहमा जापान र म्यानमार सहित दक्षिण कोरिया र भियतनाम रहेका छन् । यस अघि बिहीबारबाट सुरु भएको प्रतियोगितामा चीनले चाइनिज ताइपेलाई ४–० ले पराजित गर्दा आयोजक भारत र इरानले गोलरहित बराबरी खेल्दै अंक बाढे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0