सोसिडाडमाथि रियल म्याड्रिडको सानदार पूनरागमन जित

फुटबल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडमाथि ४–१ को सानदार पुनरागमन जित निकालेको हो ।

आफ्नै मैदानमा भएको खेलमा रियललाई विजयी गराउन इडुवार्डो कामाभिंगा, लुका मोड्रिच, करिम बेन्जमा र मार्को एसेन्सीयोले एक एक गोल गरे । सोसिडाडका मिकेल ओयरजबालले पहिलो गोल गरेका थिए ।

खेलको दशौँ मिनेटमा ओयरजबालले पेनाल्टीबाट गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४० औं मिनेटमा कामाभिंगाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । ४३ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

७६ औं मिनेटमा बेन्जमाले पेनाल्टीमा गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । त्यसपछि ७९ औं मिनेटमा एसेन्सीयोले गोल गर्दै रियललाई ४–१ को जित दिलाए । जितसँगै रियलले स्पेनिस लिगको अंक तालिकामा दोस्रो स्थानको सेभियासँग ८ अंकको अग्रता लिएको छ ।

लिगमा २७ खेलबाट रियलको ६३ अंक छ भने सेभियाको ५५ अंक छ । २६ खेलबाट ४६ अंक जोडेको रियल बेटिस तेस्रो स्थानमा रहँदा २५ खेलबाट ४५ अंकसहित बार्सिलोना चौथो स्थानमा यथावत छ । सोसिडाड २७ खेलमा ४४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0