वाटफोर्डमाथि आर्सनलको रोमाञ्चक जित

फुटबल

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आर्सनलले घरेलु टोली वाटफोर्डमाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ । भिकारेज रोड स्टेडियममा गएराति भएको खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डले आर्सनललाई अग्रता दिलाए ।

खेलको ११ औं मिनेटमा जुआन हर्नान्डेजले गोल गर्दै वाटफोर्डलाई १–१ को बराबरीमा फर्काए । ३० औं मिनेटमा बुकायो साकाले गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाए । ५२ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दा आर्सनल ३–१ ले अघि बढ्यो ।

८७ औं मिनेटमा वाट्फोर्डका मौसा सिसोकोले गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा आर्सनलले ३–२ को रोमाञ्चक जित निकाल्यो । जितसँगै २५ खेलमा ४८ अंक जोडेको आर्सनल चौथो स्थानमा उक्लिँदा पराजित वाटफोर्ड २७ खेलबाट १९ अंकका साथ १९ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0