युरो कपको बेला मैदानमै ढलेका एरिक्सन बिश्वकप खेल्ने डेनमार्कको टोलीमा परे

फुटबल

काठमाडौं । म्याचेस्टर युनाइटेड मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई समेट्दै डेनमार्कले कतार विश्वकप टोली तयार पारेको छ । प्रशिक्षक कास्पर हजुलमान्डले सन् २०२० युरो खेल क्रममा अचेत भइ मैदान ढलेका इरिक्सनसहित २१ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

कास्परले पाँच थप खेलाडी केहि दिनपछि सार्वजनिक गर्ने बताएका छन् । ‘ती १०–१२ खेलाडी अन्तिम स्थानका लागि तयारी गरिरहेका छन्,’ कास्परले भनेका छन् । इरिक्सन मैदानमा ढलेपछि आठ महिना फर्किएका थिए । फिनल्यान्डविरुद्ध जुन १२ मा उनि मैदानमा ढलेका थिए । यसपछि उनि इन्टर मिलानबाट प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड पुगेका थिए । यसपछि युनाइटेड पुगेका हुन् ।

मार्चमा अन्तर्राष्ट्रिय खेलमा फर्कदै इरिक्सनले नेदरल्यान्ड्सविरुद्ध गोल गरिसकेका छन् । डेनमार्कको टोलीमा नियमित कप्तान सिमोन केजाएरले स्थान बनाएपनि लेस्टर सिटी डिफेन्डर जानिक भेस्टरगार्ड र आरबी लाइपजिगका स्ट्राइकर युसुफ पाउल्सेन भने समावेश हुने छैनन् । समूह डी मा रहेका डेनमार्कले २२ नोभेम्बरमा ट्युनिसियासँग खेल्दै विश्वकप सुरु गर्नेछ । यसपछि साविक विजेता फ्रान्स र अस्ट्रेलियासँग खेल्नेछ ।

डेनमार्कको प्रारम्भिक टोली

गोलकिपर : कास्पर स्माइकल (नीस) र ओलिभर क्रिस्टेनसेन (हेर्था बर्लिन) ।
रक्षक : सिमोन केहर (एसी मिलान), योआकिम एन्डरसन (क्रिस्टल प्यालेस), योआकिम माहले (एटलान्टा), आन्द्रेस क्रिस्टेनसेन (बार्सिलोना), रासमुस क्रिस्टेनसेन (लिड्स), यन्स स्ट्राइगर लार्सन (ट्राब्जोन्सपोर), भिक्टर नेल्सन (गालाटासारे) र डेनियल वास (ब्रोन्डबाई) ।
मिडफिल्डर : थोमस डेलेनी (सेभिया), म्याथियास यन्सेन (ब्रेन्टफोर्ड), क्रिस्टियन इरिक्सन (म्यानचेस्टर युनाइटेड) र पियरे–इमिल होजबर्ग (टोटनहम) ।
फरवार्ड : एन्ड्रियास स्कोभ ओल्सेन (क्लब ब्रुग), जेस्पर लिन्डस्ट्रोम (इन्ट्राचट फ्रांकफर्ट), आन्र्देस कर्नेलियस (कोपेनहेगन), मार्टिन ब्रेथवेट (इस्पानियोल), कास्पर डोलबर्ग (सेभिया), मिकेल डम्सगार्ड (ब्रेन्टफोर्ड) र जोनास विन्ड (भिएफएल उल्फस्बर्ग) ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0