नेपाल सुपर लिगको खेल तालिका स्थगित, यस्तो छ कारण

फुटबल

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ’ड्र’ रोक्न पत्र पठाएपछि आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले स्थगित गरेको हो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले क्लब र एन्फासँगको छलफल पछि ड्र सार्वजनिक गर्ने बताए । यस अघि एनएसएलले टाइसिट ’ड्र’ आइतबार गर्ने जनाएको थियो । तर, एन्फाले शुक्रबार टाइसिट ’ड्र’ नगर्न एनएसएललाई पत्र काटेको थियो ।

असन्तुष्ट चार ’ए’ डिभिजन क्लबसँगको छलफलपछि एन्फाले टाइसिट ’ड्र’ रोक्न पत्र काटेको हो । छलफलका मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, संकटा क्लब र न्युरोड टिम (एनआरटी) का पदाधिकारीको उपस्थिति रहेको थियो ।

पछिल्लो समय खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ए डिभिजन लिग क्लबले विरोध जनाउदै आएका छन् । एन्फाले बिहीबार विवाद समाधानका लागि अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0