एजेन्सी । अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीलाई पछि पार्दै ब्राजिलका नेयमार लिन वानमा सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् ।फ्रान्सको पत्रिका लेकिपले वर्षभर खेलाडीले लिने मासिक तलवका आधारमा निकालेको पछिल्लो तथ्यांकअनुसार सर्वाधिक कमाई गर्ने फुटबलरमा नेयमारले मेस्सीलाई उछिनेका हुन् ।
पत्रिकाको अनुसार नेयरमाले मेस्सीले भन्दा मासिक एक मिलियन पाउन्ड बढी कमाउछन् । नेयमारको मासिक ४.०८३ मिलियन पाउन्ड रहेको छ भने मेस्सी मासिक कमाई ३.४३७ मिलियन पाउन्ड रहेको छ । लिग वानमा सर्वाधिक कमाई गर्नेको तेस्रो स्थानमा पीएसजीकै युवा स्टार केलियन एमबाप्पेको रहेको छ । उनको २.२२ मिलियन रहेको छ ।
पिएसजीकै मार्किन्हस, मार्को भेराट्टी, अचरफ हाकिमी, केलर नाभास, एन्जल डि मारिया, जर्जिन्हो वाइनाल्डम, जियानलुइजी डोन्नररुम्मा, मोउरो इकार्डी, सर्जियो रामोस, लियान्द्रो ड्यानियल पारेडेस र जुलियन बर्नाट शीर्ष १४ मा रहेका छन् ।