साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै, कसले जित्ला त खेल ?

फुटबल

काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिप आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार दुई खेल हुँदै छन्। पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन् भने दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिएपनि तालिका थोरै परिवर्तन भएकोले अब बंगलादेश र श्रीलंकाबीच पहिलो खेल हुनेछ।

नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यता, साविक विजेता माल्दिभ्स समेत नेपाललाई पराजित गर्दै घरेलु दर्शकमाझ प्रतियोगितामा बलियो उपस्थित देखाउन चाहन्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0