मालदिभ्ससँग खेल्ने अगाडि नेपाल कप्तान भन्छन् : ‘गोर्खाली हौ, कसैसँग डराउँदैनौ, उपाधी जित्छौ’

फुटबल

काठमाडौं : १३औं संस्करणको साफ च्याम्पियनसिप भोलिबाट माल्दिभ्समा सुरू हुँदैछ। बिहीबार प्रतियोगिताको प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेन्जोङ) ले साफका सबै खेल महत्त्वपूर्ण हुने बताउँदै सबै खेल जित्दै फाइलन पुग्ने योजना रहेको बताएका छन् ।

‘हामी गोर्खाली हौँ । हामी कोहीसँग डराउँदैनौँ । विश्वलाई गोर्खालीको इतिहास थाहा छ। हामी साफ च्याम्पियनसिपमा जुनसुकै टिमसँग पनि लड्न तयार छौँ,’ पत्रकार सम्मेलनमा कप्तान किरणले भने । ‘माल्दिभ्ससँग घरेलु मैदान र समर्थकको साथ छ। यसले केही फरक पर्दैन। हामी कोहीसँग डराउँदैनौ। हामी माल्दिभ्सको समर्थकलाई सम्मान गर्छौं तर हामी अन्तिमसम्म लड्नेछौं,’ उनले भने।

कतारमा दुई साता भन्दा बढी तयारी गरी माल्दिभ्स पुगेको नेपाली टिमका कप्तान कप्तान किरण कुमार लिम्बुले आफूहरु साफ च्याम्पियनसिप र माल्दिभ्ससँगको खेललाई लिएर आत्मविश्वासी रहेको प्रतिक्रिया दिएका छन् ।

‘टिममा सिनियर र युवा खेलाडीको संयोजन छ। प्रतिस्पर्धा गरिरहेका टिम मध्ये हामी मात्र उपाधि जित्न नसकेको तथा फाइनलमा पुग्न नसकेका टिम हौं। अर्कोतर्फ राउन्ड रोबिन भएकाले हरेक खेल कठिन हुनेछ।’

नेपाल र माल्दिभ्सबीच शुक्रबार राति प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ। यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्‌घाटन खेल हुने भनिए पनि साफले खेल तालिका परिवर्तन गरेको हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
6
+1
0
+1
0
+1
0
+1
0