प्रशिक्षक अल्मुताइरी आज नेपाल फर्कदै

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिबार (आज) बेलुकी नेपाल आउँदैछन् । प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जाल फेसबूकमार्फत् शनबार आफू नेपाल आउने जानकारी दिएका हुन् ।

अल्मुताइरी कतार एयरको जहाजबाट नेपाल आउन लागेका हुन् । अल्मुतारी आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन् । गत बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलमा अल्मुताइरीले थप ३ वर्ष नेपालमा बसेर प्रशिक्षकको भूमिका निर्वाह गर्न सहमत भएका हुन् ।

कुवेतका फुटबल म्यानेजर अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रो–लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0