मैदानमा ढलेका इरिक्सनको विश्वकप खेल्ने लक्ष्य

फुटबल

काठमाडौं । युरो–२०२० मा हृदयाघात भएपछि मैदानबाहिर रहेका क्रिस्टियन इरिक्सनले आउँदो नोभेम्बरमा हुने विश्वकप फुटबलमा डेनमार्कबाट खेल्ने लक्ष्य राखेका छन् । २९ वर्षीय इरिक्सन जुनमा सम्पन्न युरो–२०२० मा डेनमार्कको फिनल्यान्डविरूद्ध पहिलो खेलमा हृदयाघात भएर मैदानमा ढलेका थिए । त्यसपछि खेल केही समय रोकिएको थियो । उक्त घटनापछि इरिक्सनले खेलेका छैनन् ।

इरिक्सनको मुटुमा ’कार्डियोभर्टर–डेफिब्रिलटर’ राखिएको हुँदा इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट पनि खेलेका छैनन् । गएको महिना मात्र मिडफिल्डर इरिक्सन र इन्टर दुवै पक्षको सहमतिमा सम्झौता रद्द गरिएको थियो ।

“मेरो लक्ष्य कतारमा हुने विश्वकप खेल्नु हो,” मंगलबार प्रसारित डेनमार्कको सञ्चारमाध्यमसँग गरिएको अन्तर्वार्तामा इरिक्सनले भनेका छन्, “यो कुरा मेरो मानसपटलमा लामो समयदेखि खेलिरहेको छ ।” गत सिजन इन्टरबाट सिरी ‘ए’ लिग उपाधि जितेका इरिक्सनले व्यक्तिगत रूपमा प्रशिक्षण सुरु गरेका छन् । तथापि, उनी कुनै क्लबसँग अनुबन्ध छैनन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0